नेपालको अपराजित यात्रामा यूएईले लगायो ब्रेक

नेपालको अपराजित यात्रामा यूएईले लगायो ब्रेक

काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा यूएईले नेपाललाई पराजित गरेको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले नेपालाई ६८ रनले हराएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल र कप्तान रोहित कुमार पौड्यले बोल्ड आउट भए भने, असिफ शेख नवौं ओभरको पाँचौं बलमा १७ रन बनाएर क्यच आउट भए उनलाई यूएईका रोहन मुस्तफाले आउट गरेका हुन्।

त्यस्तै, १२ औं ओभरको अन्तिम बलमा एलबीडब्लूबाट आरिफ शेख आउट भए। यता नेपालका लागि कुशल मलले अर्धशतक पूरा गरे, उनी १८ औं ओभरको पहिलो बलमा क्याच आउट भए उनलाई कार्तिक मियापानले क्याच आउट गराए।

यता, दिपेन्द्र सिंह ऐरी २० औं ओभरको तेस्रो बलमा बोल्ड आउट भए, भने सोमपाल कामी ४ रन बनाएर आउट भए।

त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, करण केसी,कुशल मल्ल र आरिफ शेखले एक एक विकेट लिएका थिए।



No ads found for this position