एमबीएल रेमिटकाे बहराइनमा काराेवार सुरु, लुलु एक्सचेन्जका १७ शाखाबाट पैसा पठाउन सकिने
मान्मा। मध्यपूर्वमा आफ्नो कारोवार विस्तार गरिरहेको माछापुच्छ्रे बैंकले बहराइनको लुलु एक्सचेन्जसँगकाे सहकार्यमा रेमिट्यान्स काराेवार सुरु गरेकाे छ।
आइतबारबाट रेमिट्यान्स काराेवार सुरु भएकाे माछापुच्छ्रे बैंकका मध्यपूर्व बिजनेश म्यानेजर सुजन सापकोटाले जानकारी दिए।
उनका अनुसार अब बहराइनमा रहेका नेपालीले माछापुच्छ्रे बैंकको एमबीएल रेमिटमार्फत नेपालमा सहजै पैसा पठाउन सक्नेछन्।
बहराइनमा रहेका लुलु एक्सचेन्जका १७ वटा शाखाबाट सरल रुपमा नेपाल पैसा पठाउन सकिने सापकोटाको भनाइ छ।
एक्सचेन्जमार्फत पठाएको रकम नेपालमा सहजै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ।
बहराइनमा अन्य बैंकिक सुविधा पनि प्रदान गरिने संयोजक सापकोटाले बताए।
No ads found for this position