एमालेका मन्त्रीहरूले बुझाए सामूहिक राजीनामा

एमालेका मन्त्रीहरूले बुझाए सामूहिक राजीनामा

काठमाडौं। नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।

सोमदबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका सबै मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिक राजीनामा बुझाएका छन्।

सोमबार बिहान बसेको एमाले सचिवालयको बैठकले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सचिवालय बैठकले निर्णय गरेको केही घण्टा नबित्दै एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन्।

 



No ads found for this position