प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार कतार भ्रमणमा जाने भएका छन्।

१९ फागुन शुक्रबार अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानममन्त्री प्रचण्ड कतारको दोहा जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग पनिे द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपाली राजदूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा समेत सहभागी भएर प्रधानमन्त्री प्रचण्ड २२ फागुन सोमबार स्वदेश फर्किने कार्यक्रम छ।



No ads found for this position