टर्कीमा फेरि शक्तिशाली भूकम्प
![टर्कीमा फेरि शक्तिशाली भूकम्प](https://www.prawaskhabar.com/wp-content/uploads/2023/02/329178098_1919876981682132_1681389627427901075_n.jpg)
एन्टाक्या। टर्कीमा पुन शक्तिशाली भूकम्प गएको छ। दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ। भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो।
सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्।
टर्कीएका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका दुई सय १३ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन। सिरियामा एक सय ३० जना घाइते भएका तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्ण रूपमा भत्किएका छन्।
ताजा अपडेट
![दक्षिण कोरियाका राष्ट्रपति पक्राउ](https://www.prawaskhabar.com/wp-content/uploads/2025/01/PK-NEWS-PIC-19.jpg)
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
![कस्ताे छ आजको मौसम ?](https://www.prawaskhabar.com/wp-content/uploads/2022/04/tuwalo_weather_dqcdbywmu3_1_NwksPFPxTK.jpg)
कस्ताे छ आजको मौसम ?
![नवनियुक्त जापानी राजदुत नेपाल आइपुगे](https://www.prawaskhabar.com/wp-content/uploads/2025/01/Capture.JPG-2957.jpg)