सिभिल बैंक र हिमालय बैंक गाभिने, कारोबार १२ फागुनबाट

सिभिल बैंक र हिमालय बैंक गाभिने, कारोबार १२ फागुनबाट

काठमाडौं।  नपाल राष्ट्र बैंकले सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न स्वीकृति दिएको छ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति एक्विजिशन गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी स्वीकृति दिएको हो।

राष्ट्र बैंकले जनाए अनुसार ‘हिमालयन बैंक लिमिटेड’को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने ९मर्जर० तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ पाँचौं संशोधन २०७९०’ बमोजिम कारोबार हुने जनाएको छ।

प्राप्तिपश्चात हिमालयन बैंकको नाममा यही फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्ने दुबै बैंकले सूचना प्रकाशित गरेर जानकारी गराइसकेका छन् ।



No ads found for this position