क्रिकेटको ‘स्पट फिक्सिङ’मा १० जनालाई कारबाहीको सिफारिस
काठमाडौं। नेपाल टी–२० लिगमा भएको भनिएको ‘स्पट फिक्सि’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट सरकारी कार्यालयलाई बुझाएको हो।
प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकीलको कार्यालयलाई बुझाएको प्रतिबेदनमा उल्लेख छ। उनका अनुसार १० जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ।
नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा ‘स्पट फिक्सिङ’भएको खुले पछि (सीआईबी) ले लामो अनुसन्धान गरेको थियो। जसका कारण नेपाल क्रिकेट संघ र उसको नेतृत्व बिबादको घेरामा परेको छ।