कुवेतमा नेपाली महिलाले प्रहरी भ्यानबाट साथीलाई भगाएपछि…

कुवेतमा नेपाली महिलाले प्रहरी भ्यानबाट साथीलाई भगाएपछि…

काठमाडौं। कुवेत सरकारले दुई नेपाली श्रमिकलाई ‘डिपोर्ट’ (देश निकाला) गर्ने निर्णय गरेको छ।

कुवेतको गृहमन्त्रालयले एक महिलासहित दुई नेपालीलाई ‘डिपोर्ट’ गर्न लागेको समाचार स्थानीय सञ्चार माध्यम अरब टाइम्सले प्रकाशन गरेको छ।

समाचार अनुसार कुवेतको एउटा कम्पनीमा कार्यरत श्रमिकहरू तलब नपाएपछि आन्दोलनमा उत्रिएका थिए। श्रमिक आन्दोलनमा उत्रिएपछि त्यहाँ प्रहरी पुगेको थियो।

प्रहरीले भिड व्यस्थापन गर्ने प्रयास गरिरहेका थियो। केही श्रमिकलाई पक्राउ गरेर प्रहरी भ्यानमा पनि राखिएको थियो। सुरक्षा अधिकारीहरू भिड नियन्त्रणमा व्यस्त रहँदा त्यहाँ रहेकी एक नेपाली महिलाले प्रहरीको गाडीमा रहेका नेपाली युवालाई ढोका खोलेर निकालेकी थिइन्।

प्रहरीले गाडीबाट फरार ती युवासहित भगाउन सहयोग गर्ने महिलालाई पनि पक्राउ गरेको छ।

उनीहरूलाई सार्वजानिक कानुन उल्लंघन गरेको आरोपमा त्यहाँको गृहमन्त्रालयले देश निकाला (डिपोर्ट) गर्ने निर्णय गरेको हो।

भिडियो



No ads found for this position