बल्कोट सम्पर्क समाज यूएईमा नयाँ नेतृत्व
दुबई । बल्कोट सम्पर्क समाज यूएईमा नयाँ नेतृत्व चयन भएको छ ।
समाजको ५ औ भेलाले उमाकान्त पाण्डेको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो। पाण्डे यूएईबाट नेपाली पत्रकारितामा समेत सक्रिय छन्।
नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा गिरिराज पाण्डे, सचिव राहुल कुमाल मुस्कान, सह सचिव शेषकान्त न्यौपाने, र सहकोषाध्यक्षमा प्रकाश रायमाझी रहेका छन्।
यस्तै, सदस्यमा भिमबहादुर कुमाल, कमला मुस्कान र राजु घिमिरे चयन भएका छ्न।
समाजको सल्लाहकारमा पूर्व अध्यक्षहरु क्रमशस् टुमलाल पाण्डे, दिनामणी पाण्डे, खुमानन्द लामिछाने रहेका छन् भने संरक्षक इन्दिरा पराजुली हुन्।
यूएईमा कार्यरत अर्घाखाँची बल्कोटका युवाहरू समाजमा आवद्ध छन्। यो समाज गाउँको सामाजिक सेवामा सक्रिय छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर