राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिवबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौं। नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवास पुगेर क्वात्राले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

भेटका क्रममा क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट राष्ट्रपति भण्डारीलाई शुभकामना दिएका छन्।

त्यसअघि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग सिंहदरबामा भेटवार्ता गरेका थिए।

पौड्यालसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

उनले आजै सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिएका छन्।

सचिवस्तरीय संयन्त्रको बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन्।

भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव पौड्यालको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमण्का लागि सोमबार काठमाडौं आइपुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्भावित भारत भ्रमणका वातावरण बनाउन भारतीय विदेश सचिव प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर काठमाडौं आएको बताइएको छ।

उनको यो भ्रमणले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने दुवै देशका परराष्ट्र मन्त्रालयले जनाएका छन्।

नेपाल भ्रमणका क्रममा क्वात्राको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरब



No ads found for this position