आजको मुद्राविनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ।
अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। आईतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
सोमबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६२ पैसा र बिक्रीमा १४१ रूपैयाँ २६ पैसा छ। आइतबार युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसाले ओरालो लागेको छ।
यस्तै, सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५५ पैसा तोकिएको छ। यसअघि आइतबार यसको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसामा कारोबार भएको थियो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ १० पैसा र बिक्रीमा ९१ रूपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६४ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा तोकेको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ९ पैसा र बिक्रीदर ३५ रूपैयाँ २५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा पाइन्छ। यसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ।