किर्गिजस्तान पुग्यो एनआरएनएको सञ्जाल

किर्गिजस्तान पुग्यो एनआरएनएको सञ्जाल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ शाखा किर्गिजस्तानमा विस्तार भएको छ।

किर्गिजस्तानमा संघको नयाँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) गठन भएको केन्द्रीय अध्यक्ष डा. बद्री केसीले प्रवास खबरलाई जानकारी दिए।

योसँगै संघको सञ्जाल ८६ देशमा पुगेको छ। ‘ किर्गिजस्तान संघको ८६ औं एनसीसी हो,’ डा.केसीले भने। संघले यो एनसीसीलाई युरोप क्षेत्रीय समितिमा समावेश गरेको छ।

किर्गिजस्तानमा नेपाली दूतावास छैन। त्यहाँको मामिला पाकिस्तानस्थित नेपाली दूतावासले हेर्दे आएकोे छ। एनआरएनएको शाखा विस्तार भएसँगै किर्गिजस्तानका नेपालीका समस्या समाधानमा सहज हुने डा. केसीको विश्वास छ।

डा. भण्डारीको नेतृत्वमा तर्दथ समिति

केन्द्रीय पदाधिकारीको शनिवार जुममार्फत भएको भेलाले डा. किशन भण्डारीको नेतृत्वमा ११ सदस्यीय नयाँ तर्दथ समिति गठन गरेको हो।

समितिमा उपाध्यक्षको जिम्मेवारी डा. कृष्णप्रसाद बडाललाई दिइएको छ। यस्तै, महासचिवमा डा. रवी रोशन खड्का चयन भएका छन्।

यसैगरी, सचिवको जिम्मेवारी रन्जिता थापा मगरले पाएकी छिन् भने कोषाध्यक्षमा मिना ज्ञवाली चयन भएकी छिन्।

त्यस्तै, सदस्यहरूमा सुरेन्द्र प्रसाद साह, डा. अहमदुल्ला मोहम्मद, अविशेक गौचन, राम बहादुर वन र शिला आचार्य चुनिएका छन्।

भेलाले नम्रता शर्मालाई महिला संयोजकको जिम्मेवारी दिएको छ।

नवगठित समितिका पदाधिकारीलाई डा. केसी पद तथा गोपनियताको सपथ खुवाएका थिए।

भेलामा अर्का केन्द्रीय अध्यक्ष कुल आचार्य, उपाध्यक्ष यसमिन वेगम सैयद, नारायण आचार्य, सचिव टिका गुरुङ, चिरनजीवी घिमिरे, उपमहासचिव रामशरण सिमखडा, देवि वस्नेत, कोषाध्यक्ष फडिन्द्र पन्त, क्षेत्रीय संयोजक चिन्तामणी सापकोटा, सन्तोष भट्टराई, उपसंयोजक दयानिधि सापकोटा, नवराज रसयोरालगायत सहभागि थिए।