पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

मुम्बई। अभिनेता शाहरुख खानको कमव्याक फिल्म ‘पठान’ले बक्सअफिसमा जोडतोडका साथ कमाई गरिरहेको छ। चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले आफूलाई बलिउडको बादशाहका रुपमा साबित गरिसकेका छन्। यतीमात्र होइन उनले आफ्नो स्टारडम देशदेखि विदेशसम्म जिउँदो रहेको देखाइसकेका छन्।

शाहरुख र उनको फिल्मप्रति फ्यानको क्रेज कतिसम्म छ भन्ने कुरा थाहा पाउन हालैको एक घटना हेरे पुग्छ। शाहरुखका एक फ्यानले आफ्नो परिवारलाई ‘पठान’ देखाउन बंगलादेशबाट १ सय ३० किलोमिटर यात्रा गर्दै भारत आइपुगेका छन्। ती फ्यान बंगलादेशको ढाकाबाट भारतको त्रिपुरा पुगेका हुन्।

अगरतलास्थित रुपासी सिनेमाका मालिक सतदीपले ट्वीट गर्दै यो कुरा खुलाएका हुन्। ‘यो निकै रोचक कुरा छ। मानिसहरु बंगलादेशबाट परिवारका साथ पठान हेर्न भारत आइरहेका छन्। म सबैलाई धन्यवाद दिन चाहन्छु, जसका कारण एकपटक पुनः फिल्म हलमा बहार आएको छ’, उनले ट्वीटेका छन्।