क्रिकेटमा फर्किए सन्दीप
काठमाडौं। जबर्जस्तीकरणी अभियोगमा २० लाख धरौटी बुझाएर उच्च अदालतको आदेशमा जेलमुक्त भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा फर्किएका छन्।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेसँगै सन्दीपलाई बिहीबार खेल अभ्यासका लागि टिममा बोलाइएको हो।
उच्च अदालतको सर्तसहित जेलबाट रिहाइ भएका सन्दीपको टिममा आवश्यक्ता देखेर राष्ट्रिय टिममा फर्काइएको क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए।
उनकाअनुसार नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि सन्दीपको आवश्यक्ता देखेर टिममा समावेश गरिएको हो।
टिममा फर्किएका सन्दीपले आज नै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी पनि गरेका छन् । कुराकानीपश्चात् सन्दीप केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास पनि गरेका छन्।
नाबालिग जबर्जस्तीकरणी अभियोगमा असोज २० गते सन्दीप पक्राउ परेका थिए। उच्च अदालतको आदेशपछि सर्तसहित मंसिर २९ गते सन्दीप २० लाख धरौटीमा रिहा भएका थिए।