लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम

त्रिपोली। गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ।
सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका रहेका छन्। यस वर्ष अहिलेसम्म कुल १ हजार एक सय ३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ। १७ सत्र जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएका छन्, आईओएमले जनाएको छ।
सन् २०२२ मा, कुल २४ हजार छ सय ८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले खुलासा गरेको छ। मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट ५सय २९ आप्रवासीको मृत्यु भएको छ भने ८ सय४८ जना बेपत्ता भएका छन्।
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
