माधव नेपालले भने- ‘पीआर भएकाले नेपालको सम्पत्ती बेचेर पैसा विदेश लगे’

काठमाडौंं। नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।
देशमा आर्थिक संकट चुलिँदै गएको, बैंकहरूको चर्को ब्याजदर र व्यवसाय चल्न नसकेर व्यवसायीहरू पलायनमात्रै नभइ आत्महत्यातर्फ उन्मुख भइरहेको र आम नागरिको दैनिकी कठीन हुन थालेको भन्दै तत्काल आर्थिक सुधारका कदम चाल्न एकीकृत समाजवादीले सरकारलाई आग्रह गरेको हो।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष माधव नेपालले भने ‘देशको सम्पत्ति र पूँजी पलायन भइरहेको छ। विदेशमा स्थाई बसोवास अनुमतिपत्र (पीआर) र उतैको नागरिकता लिएर बसेका नेपालीहरुले नेपालमा रहेको सम्पत्ति विक्री गरी अनौपचारिक माध्यमबाट पैसा विदेश पुऱ्याउने गरेका छन्। यसमा सरकारको कुनै नियन्त्रण छैन।’
पार्टीले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि सरकारलाई २० बुँदे सुझाव पनि दिएको छ।
यस्तो छ नेकपा समाजवादीको ज्ञापनपत्र
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
