विमानस्थलबाट भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ

विमानस्थलबाट भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ File Photo

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक इटालियन नागरिक भारतीय रुपैयाँसहित पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँसहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार पक्राउ गरेको प्रहरीले मंगलबार जानकारी दिएको छ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको २ लाख १४ हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ।



No ads found for this position