वैदेशिक रोजगारीको ८२ लाख डलर राज्यकोषमा

वैदेशिक रोजगारीको ८२ लाख डलर राज्यकोषमा File Photo

कोलम्बो। श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ। सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको हो।

श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्यूरोले गत वर्ष कमाएको रु तीन अर्ब राज्यकोषलाई सोमबार हस्तान्तरण गरिएको बताए। रोजगारीका निम्ति विदेश जाने देशका नागरिकबाट दर्ता शुल्कबापत उक्त रकम सङ्कलन भएको हो।

राज्यकोषमा दाखिला गरिएको उक्त रकम इन्धन, चिकित्सा र अन्य कल्याणकारी कार्यमा खर्च गरिने तथा रु १० करोड क्यान्सर अस्पताललाई उपलब्ध गराइने मन्त्री नानायक्काराले बताए। गत वर्ष आप्रवासी कामदारहरूबाट देशलाई तीन अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण प्राप्त भएको केन्द्रीय ब्याङ्कले जनाएको छ।



No ads found for this position