दुबई प्रोपर्टी शो’ रोकियो, ५ भारतीयको राहदानी जफत

काठमाडौं। काठमाडौंमा गैरकानूनी रूपमा चलिरहेको ‘दुबई प्रोपर्टी शो’मा प्रहरीले रोकेको छ।
नेपाल राष्ट्र बैंकको चेतावनीलाई चुनौती दिँदै दुबईको द म्याक नामक कम्पनीले काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको ‘दुबई प्रोपर्टी शो’लाई प्रहरीले रोकेको हो।
२१ र २२ जनवरीका लागि मेला तय थियो। आइतबार जिल्ला प्रहरी काठमाडौंको टोली सोल्टी पुगेर मेला रोकेको हो।
कार्यक्रमस्थलबाट प्रहरीले ५ जना भारतीय नागरिकको राहदानी समेत नियन्त्रणमा लिएको छ।
उनीहरुले यूएईमा बसेर व्यापार गर्दै आएको प्रहरीले जनाएको छ।
कम्पनीले भारतीय एजेन्टमार्फत नेपालमा यो मेला आयोजना गरेको थियो।
मेलाबारे सूचना पाएसँगै यसअघि नेपाल राष्ट्र बैंकले त्यस्ता गतिविधि नर्गन चेतावनी समेत दिएको थियो।
बैंकले विदेशमा कानूनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको थियो।
नेपालीले विदेशमा कुनै पनि प्रकारको लगानी गर्न नपाउने कानूनी व्यवस्था छ।
ताजा अपडेट
