एनआरएनएका केन्द्रीय सदस्य क्षेत्री मलेसियाका लागि पर्यटन सद्भावना दूत नियुक्त

एनआरएनएका केन्द्रीय सदस्य क्षेत्री मलेसियाका लागि पर्यटन सद्भावना दूत नियुक्त

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सदस्य नन्दबहादुर क्षेत्री ‘नेत्र’ मलेसियाका लागि पर्यटन सद्भावना दूत नियुक्त भएका छन्।

नेपाल सरकारको मन्त्री परिषद्को निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले क्षेत्रीलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको हो।

क्षेत्रीलाई सद्भावना दूत निर्देशिका दफा ७ बमोजिम सरकारले चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो।

विगत लामो समयदेखि एनआरएनएमा आवद्ध भएर क्षेत्रीले विभिन्न सामाजिक काम गरेका छन्।

विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा पुर्‍याएको योगदानको मुल्यांकन गर्दै उनलाई सरकारले सद्भावना दूतमा नियुक्त गरेको मन्त्रालयका सचिव सुरेश अधिकारीले बताएका छन्।

जिम्मेवारी पाएसँगै क्षेत्रीले नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै आफूले पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई भरपूर प्रयोग गर्ने बताएका छन्।

उनी मलेसियामा सन् २००५ देखि ट्राभल व्यवसायमा आवद्ध छन्। क्षेत्री एनआरएनएको पर्यटन प्रवद्र्धन कमिटिमा पनि छन्।