कुनैपनि म्यानपावरमा मेरो लगानी छैन : श्रममन्त्री अर्याल

कुनैपनि म्यानपावरमा मेरो लगानी छैन : श्रममन्त्री अर्याल File Photo

काठमाडौं। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  डिबी अर्यालले म्यानपावर क्षेत्रमा आफ्नो कुनै लगानी नरहेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय दिएको भन्दै चौतर्फी आलोचना भएपछि आफू उक्त क्षेत्रमा संलग्न नरहेको स्पष्ट पारेका हुन्।

उनले भनेका छन्,  ‘म्यानपावर कम्पनीमा म कहिल्यै पनि छैन । हो, साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले। तर, त्यो वा कुनै मेनपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी। समाचार बनाउनेहरूले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो रु मैले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आबद्ध छैन।’

मन्त्री अर्यालले आफ्नो कार्यकालमा ऐतिाहासिक कामहरू गर्ने बताएका छन्। उनले संचार माध्यमको स्पेस आफ्ना राम्रा कामहरूका लागि पनि खाली राख्न आग्रह गरेका छन्। मन्त्री अर्यालले भनेका कुरा पूरा नगरेको खण्डमा आफू कुर्सी खाली गर्न तयार रहेको समेत बताए।

उनले देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नै नरहेको बताएका छन् ।

‘देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै ब्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझैपनि छैन,’ मन्त्री अर्यालले भनेका छन्।



No ads found for this position