नेपाल तेक्वान्दो एसोसिएसनका प्रतिनिधि यूएईमा सम्मानित

नेपाल तेक्वान्दो एसोसिएसनका प्रतिनिधि यूएईमा सम्मानित

दुबई। नेपाल तेक्वान्दो एसोसिएसनका प्रतिनिधिलाई संयुक्त अरब इमिरेट्स (यूएई) मा स्वागत गरिएको छ।

यूएई भम्रणमा रहेका एसोसियनसनका सदस्य तथा रेफ्रीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सम्मान गरेको हो।

यूएई भम्रणमा रहेका अन्तरराष्ट्रिय रेफ्री नोर्बू लामा, कुमार लामा घिसिङ, अर्जुन भक्त राई, विक्रम खड्गी, बल्बु सिवाकोटि, नवीना बुढाथोकी मगर तथा रमिला टि खत्रीलाई संघले एक कार्यक्रमकाबीच स्वागत गरेको वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए।

नेपाल तेक्वान्दो एसोसिएसनको सदस्य एवं अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रेफ्रीको भूमिकामा रहेर खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उनीहरुलाई सम्मान–पत्र समेत प्रदान गरिएको थियो।

वरिष्ठ उपाध्यक्ष शेर्पाको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख अतिथि संघका मध्यपूर्व क्षेत्रीय संयोजक मनोज गोर्खाली थिए। कार्यक्रमको सञ्चालन महासचिव दिपक खड्काले गरेका थिए।



No ads found for this position