विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो।

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन।



No ads found for this position