पोखरा जहाज दुर्घटना : विमानस्थल पुग्न २ किलोमिटरमात्रै बाँकी थियो

काठमाडौं। विमानमस्थल पुग्न २ किलोमिटरमात्रै बाँकी हुँदा यती एयरलाइन्सको जहाज खसेको स्थानीय प्रशासनले जनाएको छ।

आइतबार बिहान पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो। काठमाडौंबाट त्यहाँका लागि उडेको जहाज पोखरा विमानस्थल नजिकै सेती खोंचमा खसेको हो।

जहाजमा काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका सदस्य थिए।

अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

पोखरा-१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ। काठमाडौंमा गएको जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।



No ads found for this position