६८ जना यात्रु बोकेको यती एयरको जहाज पोखरामा दुर्घटनाग्रस्त

काठमाडौं। काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै दुर्घटना भएको छ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान दुर्घटना भएको हो।

जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेका यति एयरलाइन्सले जनाएकाे छ।

सेती नदीको खोँचमा जहाज दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जनाइएकाे छ।



No ads found for this position