कालीगण्डकीको शीला अयोध्या पठाइँदै

कालीगण्डकीको शीला अयोध्या पठाइँदै

म्याग्दी। भारत उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको मुर्ति निर्माणका लागि कालीगण्डकीको शीला पठाउने कार्यको तयारी अन्तिम चरणमा पुगेको छ।

अयोध्यामा भगवान रामको मुर्ति निर्माणका लागि कालीगण्डकीबाट दुई थान शीला अयोध्या पठाउन लागिएको हो।

शीला पठाउनअघि आज क्षमा पूजा गर्न लागिएको छ। शीला भेटिएको गण्डकी किनारमा क्षमा पूजा गर्न लागिएको। पूजाको शुभ साइत बिहान १० बजेर २० मिनेटमा रहेको छ।

अयोध्याको राम मन्दिर निर्माण समितिको आग्रहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष पहल गरेका थिए।

उत्खनन् कार्यपछि शीला भेटिएर क्षमा पूजा हुन लागेपछि नेता निधि शुक्रबार साँझ म्याग्दीको गलेश्वर पुगेका छन्। यस्तै क्षमा पूजाका लागि जनकपुर जानकी मन्दिरका महन्त रामतपेश्वर दास पनि यहाँ आइपुगेका छन्।

क्षमा पूजामा गण्डकी प्रदेसका प्रदेस प्रमुख पृथ्वीमान गुरुङ, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पौडेल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, बेनीका नगर प्रमुख सुरत केसीलगायतका व्यक्तिहरूको उपस्थिति रहनेछ।

मुर्ति निर्माणका लागि १६ टन र १८ टन गरि दुई थान शीला अयोध्या पठाइनेछ।



No ads found for this position