सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
नाबालिका बलात्कार आरोपमा कारागारमा रहेका लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको हो।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो।
अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौंको पिङ्गला स्थानस्थित एक होटलमा लामिछानेले आफ्नो बलात्कार गरेको भन्दै प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो।
क्यारेबियन क्रिकेट लिग खेल्न जमाइकामा रहेका लामिछाने २० असोजमा स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
१८ कात्तिकमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो।
ताजा अपडेट

महाकुम्भमा पुगे ५० करोड भक्तजन
