मेसीको गोलमा पिएसजी विजयी

मेसीको गोलमा पिएसजी विजयी

काठमाडौं। कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ। बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे। खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए।

७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए। एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो।

खेलमा अर्का स्टार नेयमारले तेस्रो गोल गरेका थिए। तर, सो गोल अफसाइट भयो। विश्वकप उपाधि जितेपछि मेसीले पिएसजीबाट पहिलो खेल खेलका थिए। जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएका छ।

पीएसजीले १८ खेलमा ४७ अंक जोडेको छ। एन्जर्स आठ अंक जोडेर पुछारमा छ।



No ads found for this position