देशमा लगानी ल्याउन प्रवासका नेपालीसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री

देशमा लगानी ल्याउन प्रवासका नेपालीसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले विदेशमा बस्ने नेपालीसँग अन्तरक्रिया गर्ने भएका छन्।

रेमिट्यान्स र लगानीका विषयमा केन्द्रीत पौडेले प्रवासी नेपालीसँग १४ जनवरीमा अन्तरक्रिया गर्न लागेका हुन्।

कार्यक्रमको आयोजना नेकपा एमालेको प्रवास विभाग संगठन प्रवासी नेपाली मञ्च अमेरिकाले गरेको हो।

नेपालमा नयाँ सरकार बनेको र न्यूनतम साझा कार्यक्रम पनि तयार भएकाले लगानी भित्र्राउने उद्धेश्यले अन्तरक्रिया गर्न लागिएको मञ्चले जनाएको छ।

‘नेपालमा नयाँ सरकार बनेको छ। न्यूनतम साझा कार्यक्रम पनि तयार भएको छ । सरकार सँग–सँगै नेपालको शेयर बजार पनि उकालो लागि रहेको छ,’ मञ्चले विज्ञप्तिमा भनेको छ।

भर्चुअल हुने कार्यक्रममा नेकपा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बन्द्री केसी र मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा पनि अतिथिका रुपमा सहभागी हुँदैछन्।