२०२२ मा मङ्गोलियाले गर्यो २ लाखबढी विदेशी पर्यटकलाई स्वागत

२०२२ मा मङ्गोलियाले गर्यो २ लाखबढी विदेशी पर्यटकलाई स्वागत

उलान। मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ। पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण तथा पर्यटन मन्त्रालयले मङ्गलबार जनाएको छ।

सन् २०२१ कोभिड–१९ को महामारीका कारण मङ्गोलियामा विदेशी आगन्तुक आगमनको सङ्ख्या मा ३३ हजार मात्रै घटेको पनि मन्त्रालयले जनाएको छ। मङ्गोलियाले महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न विभिन्न उपायहरू गरिरहेको मन्त्रालयले थप जानकारी दिएको छ।

विशेष गरी सरकारले हालै ३४ देशका नागरिकलाई सन् २०२५ को अन्त्यसम्म ३० दिनसम्मको भिसामा छुट दिने निर्णय गरेको छ। मङ्गोलियाले सन् २०२३ र २०२४ लाई ‘मङ्गोलिया भ्रमण गर्ने वर्ष’ को रूपमा घोषणा गरेको छ र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सन् २०२३ मा ९० भन्दा बढी कार्यक्रमहरू आयोजना गर्ने अपेक्षा गरिएको छ। यसवर्ष कम्तीमा १० लाख विदेशी पर्यटकलाई स्वागत गर्ने र एक करोड आम्दानी गर्ने लक्ष्य मुलुकको रहेको बताइएको छ।