भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु

धनगढी। भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउ नजिकै दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीकाका अनुसार पुस २३ गते राति दुर्घटना हुँदा भारतीय बस चालकसहित ४ जनाको मृत्यु भएको हो।
दुर्घटना कैलाली टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनामा परेर अन्य १७ जना घाइते भएका छन्।
बस दुर्घटनाको कारण खुलेको छैन।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर