रोकिएको राहदानी वितरण पुन : सुचारु

रोकिएको राहदानी वितरण पुन : सुचारु फाईल फोटो

काठमाडौं। राहदानी विभागमा राहदानी वितरणको काम पुन : सुचारु भएको छ।

सर्भरमा समस्या देखिएपछि आइतबारदेखि अनिश्चित कालको लागि बन्द गरिएको राहदानी वितरण बिहीबार बिहानदेखि पुनः सुचारु भएको विभागकी प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्।

‘अस्तिदेखि सर्भरमा आएको समस्या समाधान भएको छ,’ प्रवक्ता सापकोटाले भनिन्,‘अब नियमित रुपमा काम अगाडि बढ्छ। त्यस्तो कुनै आशंका गर्नुपर्ने केही छैन।’

प्रवाक्ता सापकोटाले गृहमन्त्रालयको टोलीसँग सहकार्य गरेर सेवालाई सरल बनाउने गरी काम भइरहेको पनि जानकारी दिइन्।

 



No ads found for this position