राहदानी विभागको सिस्टममा समस्या,राहदानी वितरण बन्द

काठमाडौंं। राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी वितरण रोकेको छ।
विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने बताएको छ।
अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ।
तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर