जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकि छिन।

यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकि छिन। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनिहरुलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

 



No ads found for this position