डेरा खोज्दै शेरबहादुर देउवा

डेरा खोज्दै शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाड्नको लागि घर खोज्न सुरु गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै शेरबहादुर देउवाले सरकारी निवास छोड्नुपर्नु हुन्छ।

देउवाको बूढानीकण्डस्थित घरमा अहिले मर्मत कार्य चलिरहेकोले केही महिनाको लागि बाहिँरै बस्नुपर्ने भएको देउवाको सचिवालयले जानकारी दिएको छ।

‘देउवाजीलाई सरकारी निवास छाड्न अझै केही दिन लाग्ला जस्तो छ,’ देउवाको सचिवालयले भन्यो,‘उहाँको घरमा अहिले मर्मत कार्य जारी छ, त्यसैले उहाँ केही महिना बाहिर बस्नुहुन्छ, हामीले भाडा घर खोज्दैछौँ।’

देउवाको घरको मर्मत सकिने अझै ४ महिना लाग्ने अनुमान गरिएको छ।

देउवाले बालुवाटारको सरकारी निवास छाडेपछि मात्रै प्रधानमन्त्री प्रचण्ड त्यहाँ सर्ने छन्।



No ads found for this position