गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने File Photo

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन्।

गृहमन्त्रीको रूपमा यही नै आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई फाइल बनाउन निर्देशन दिए।

राष्ट्रपति कार्यालयमा सपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर ग्रहण गर्दै मन्त्रालयका सचिव सिंहलाई यस्तो निर्देशन दिएका हुन्।

उनले मन्त्रालयका अधिकारीहरूले तयार पारेको निर्णयमा हस्ताक्षर नगरेर पहिलो निर्णयका रूपमा निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णयसहितको फाइल बनाउन निर्देशन दिएका थिए।

लामिछानेले आफूहरू केबल पदका लागि मात्रै सरकारमा नआएको बताए। क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यक्ता पर्छ। आम जनताको पीरमर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि पनि त्यहाँ प्रतिपक्षको भूमिका रहन्छ,’ उनले भने,‘त्यहाँभित्र पनि हाम्रो भूमिका प्रतिपक्षको रहन्छ।’

सबै शीर्ष नेतालाई यो कुरामा प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको उनको दाबी थियो।



No ads found for this position