३ उपप्रधानमन्त्रीले लिए शपथ

३ उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं। नवनियुक्त ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिएका छन्।

सोमबार अपराह्न राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर उनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीमा शपथ लिएका हुन्।

यसअघि संसद् भवनमा बसेको सातदलीइ गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो।



No ads found for this position