तेस्राेपटक प्रधानमन्त्री बने प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्राेपटक प्रधानमन्त्री बनेका छन्।
एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीकाे समर्थनमा दावी पेश गरेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
याेसँगै प्रचण्ड नेपालको ४४ औँ प्रधानमन्त्री बनेका छन्।
गत ४ मंसिर मा सम्पन्न निर्वाचनमा ३२ सिटसहित तेस्राे दल बनेकाे माओवादी प्रमुख दललाई स्तब्ध बनाउँदै सरकारकाे नेतृत्वमा गएकाे छ।
१० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आए लगत्तै भएको निर्वाचनपछि दाहाल २०६५ भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। यस्तै, २०७३ सालमा दाेस्राे पटक प्रधानमन्त्री बनेका थिए।
मगलबार ४ बजे राष्ट्रपतिबाट प्रचण्डले प्रधानमन्त्रीका लागि पद तथा गोपनियताको सपथ लिनेछन्।
ताजा अपडेट
