विदेशमा कार्यरत श्रमिकको हित हुने काम गर्न श्रम सहकारी र काउन्सिलरलाई श्रममन्त्रीको निर्देशन

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहकारी र काउन्सिलरलाई निर्देशन दिएका छन। श्रम सहकारी र कान्सिलरको अभिमुखिकरण समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिएका हुन।
अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री कुँवरले समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताउदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए। श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहकारीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताए।
त्यस्तै उनले सम्बन्धीत देशमा काम गर्दा त्यो देशको ऐन, कानुनलाई पनि राम्रोसँग अध्ययन गरेर अरु क्रियाकलाप अगाडी बढाउन उहाँहरुलाई आग्रह गरेका छन।
मन्त्रालयका सचिव एकनारायण अर्यालले आफ्नो जिम्मेवारी र उत्तरदायीत्व के हो भन्ने विषयमा जानकारी लिएर काम गर्न अनुरोध गरेका छन। त्यस्तै समन्वय र संचार, श्रमिकको अवस्था, डिमान्ड दिने कम्पनीको विस्तृत जानकारी राख्ने र ऐन कानुन बुझेर काम गर्ने विषयमा कान्सिलर र श्रम सहकारीलाई जानकारी दिएका थिए। अभिमुखिकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगार सम्बन्धी कानुन लगायतबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए । विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्था छ।
मन्त्रालयले मेलेसियाको क्वालालम्पुरको लागि भोलानाथ गुरागाई, दक्षिण कोरियाको सियोलको लागि चन्द्रकला चौलागाई ओली र कतारको दोहाको लागि टिकामणी नेउपानेलाई कान्सिलरमा नियुक्त गरेको छ।
त्यसैगरी श्रम सहकारीमा ताम्रराज काफ्ले आउदी अरेवियाको जेद्दा, दिलप खड्का मलेसियाको क्वालालम्पुर, गोविन्द प्रसाद आचार्य ओमान मस्कट र आविद अंसारी संयुक्त अरब इमिरेट्स अबुधाबीको लागि नियुक्त भएका छन।
उनिहरुलाई काउन्सिलर (श्रम) तथा सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम मूल्यांकनबाट मन्त्रिस्तरीय निर्णयले सिफारिस गरेको थियो।
श्रम सहकारी र काउन्सिलरलाई मन्त्रालयले ३ दिने अभिमुखिकरण तालिम दिएको छ।
ताजा अपडेट
