शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

न्युयोर्क। एक भारतीय मूलका अमेरिकीचिकित्सकलाई  मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ। अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा. लोकेश एस. तन्तुवायाले लङ वीचको एक अस्पतालमा शल्यक्रिया गरेका थिए। ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ।

न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए। उनी मे २०२१ देखि संघीय हिरासतमा छन्।

सन् २०१० देखि २०१३ सम्म डा तन्तुवायाले लङ बिचको प्यासिफिक अस्पतालका मालिक  माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरे वापत पैसा लिएका थिए। मेरुदण्डको शल्यक्रियाको प्रकार अनुसार घुस रकम फरकफरक हुन्छ ’, अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।



No ads found for this position