जारी विश्वकप मेरो अन्तिम यात्रा हुनेछ : मेस्सी

जारी विश्वकप मेरो अन्तिम यात्रा हुनेछ : मेस्सी

रियो दि जेनेरियो । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो ।

मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भनेका छन्, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु ।’
अर्को विश्व कपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन् । ‘अर्कोको लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु । यसरी समाप्त गर्न यो सबै भन्दा राम्रो हो’ उनले भनेका छन् ।

‘हामी कठिन परिस्थितिहरूबाट गुज्र्यौं । आज हामी केही शानदार अनुभव गरिरहेका छौं’’ उनले भनेका छन् ।