मेस्सीको विश्वकप जित्ने सपनामा बाधक बन्न सक्छ क्रोएसिया

मेस्सीको विश्वकप जित्ने सपनामा बाधक बन्न सक्छ क्रोएसिया

दोहा । क्रोएसियाले नेयमारको विश्वकप जित्ने सपना चकनाचुर बनाइसकेको छ । अब टोली पहिलो पटक विश्व च्याम्पियन बन्न खोजिरहेका मेस्सीको सपनामा बाधक बन्न सक्छ । गत विश्वकपको उपविजेता क्रोएसियाले लगातार दोस्रो पटक फाइनल पुग्नका लागि मंगलबार हुने सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । यो खेलमा सबैको ध्यान विश्वकप ट्रफी जित्न नसकेका मेस्सीमाथि हुनेछ ।

मेस्सीले विश्वकप जित्ने सपनालाई जीवित राख्न कुनै कसर बाँकी नराख्ने भए पनि २०१८ मा फ्रान्ससँग फाइनलमा पराजित भएको क्रोएसिया यस पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ । क्रोएसियाका डिफेन्डर जोसिप जुरानोभिकले भने, “मलाई लाग्दैन कि हामीले कुनै पनि खेलाडीसँग डराउनुपर्छ। हामीले हाम्रो उत्कृष्ट खेल खेल्नमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ। उनले भने, ‘हाम्रो सफलताको रहस्य हाम्रो एकता हो । सत्य यो हो कि हामी एक परिवार जस्तै बाँचिरहेका छौं र हामी खेल पनि उस्तै खेल्छौं । जारी विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।

अर्जेन्टिनालाई विश्वकपको सेमिफाइनलमा पुर्‍याउन मेस्सीले महत्वपूर्ण भूमिका खेलेका छन । उनले अहिलेसम्म पाँच खेलमा चार गोल गरेका छन् । यस्तो देखिन्छ कि मेस्सीले अर्जेन्टिनालाई सन् १९९६ पछि तेस्रो विश्वकपको उपाधि जिताउने जिम्मा आफैं लिएका छन्। सन् २०१४ को ब्राजिल विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना कडा तथा प्रतिस्पर्धात्मक खेलमा जर्मनीसँग १(० ले पराजित भएको थियो। मेस्सी विश्वकपको उपाधि नजिक पुगेको यो मात्रै मौका हो । अब उनी विश्व च्याम्पियन बन्नबाट मात्र दुई जित टाढा छन् ।

लुसेल स्टेडियममा सेमिफाइनल अघि शान्त देखिएको क्रोएसियाले आफ्नो रणनीति सार्वजनिक गरेको छैन । क्रोएसियाका स्ट्राइकर ब्रुनो पेटकोभिकले भने, ‘हामीले लियोनल मेस्सीका लागि अहिलेसम्म कुनै खास रणनीति बनाएका छैनौँ । सामान्यतया हामी एक खेलाडीमा मात्र नभएर पुरै टोलीमा केन्द्रित हुन्छौं। उनले भने, ‘हामीले उनलाई मात्र रोक्ने मनोवृत्ति बनाएर मैदान उत्रने होइन । एक खेलाडीमा मात्र ध्यान केन्द्रित गर्नबाट जोगिनु पर्छ। किनभने अर्जेन्टिना भनेको मेस्सी मात्र होइन ।

क्रोएसियाको बलियो पक्ष रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच हुन्। ब्राजिललाई हराएपछि क्रोएसियाका प्रशिक्षक जाल्को डालिचले आफ्नो मिडफिल्डलाई विश्वकै उत्कृष्ट मानेका थिए । जसले खेलको अधिकांश समयसम्म नेयमारलाई खुलेर खेल्ने मौका दिएको थिएन । एजेन्सी