विश्वकपको रिपोर्टिङ गर्दागर्दै अस्ताए अमेरिकी पत्रकार

विश्वकपको रिपोर्टिङ गर्दागर्दै अस्ताए अमेरिकी पत्रकार

दोहा । चर्चित फुटबल पत्रकार ग्रान्ट वालको कतारस्थित लुसेल रंगशालामा मृत्यु भएको छ। अर्जेन्टिना र नेदरल्यान्ड्सको रिपोर्टिङका क्रममा एक्कासी ढलेपछि अस्पताल पुर्‍याइएका पत्रकार वालको मृत्यु भएको हाे।

उनी दोहास्थित लुसेल रंगशालामा अर्जेन्टिना र नेदरल्याण्ड्सकाे क्वाटरफाइनल खेल कभर गर्दागर्दै रंगशालामै ढलेका थिए। अस्पताल पुर्‍याउनुअघि पत्रकार वालकाे ३० मिनेट रंगशालामै उपचार गरिएकाे थियाे।

४८ वर्षीय वालले आफ्नो व्यावसायिक खेल पत्रकारिता सन् १९९६ मा स्पोर्ट्स इलस्ट्रेटेडबाट सुरु गरे। जहाँ उनले २४ वर्ष काम गरे। अनेकाैँ मिडियामा काम गरिसकेका उनी अनुभवी फुटबल पत्रकार मानिन्थे।

कलेज बास्केटबल र फुटबलकाे रिपोर्टिङका लागि उनी सबैभन्दा अब्बल थिए।