कतार विश्वकप : इन्रिके स्पेन टोलीबाट अलग

कतार विश्वकप : इन्रिके स्पेन टोलीबाट अलग

काठमाडौं। प्रशिक्षक लुइस इन्रिके कतार फिफा विश्वकप २०२२ को प्रिक्वाटरफाइनलबाट बाहिरिएसँगै पदबाट अलग भएका छन्।

मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि स्पेनको उपाधि जित्ने योजनामा समाप्त भएको थियो। ५२ वर्षीय इन्रिके सन् २०१८ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा स्पेन सन् २०२० युरो च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो। टोली इटालीसँग पराजित भयो।

इन्रिकेले पद छाडेसँगै स्पेन यु २१ टोलीका प्रशिक्षक लुइस डे ला फुइन्टले पद लिने बताइएको छ।

कतार विश्वकपको पहिलो खेलमा कोस्टारिकालाई ७–०ले पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेलेको थियो। समूहको अन्तिम खेलमा जापानसँग २–१ ले पराजित भयो।