गोवामा रसियन युवतीलाई बलात्कार गरेको आरोपमा दुई नेपाली पक्राउ

गोवामा रसियन युवतीलाई बलात्कार गरेको आरोपमा दुई नेपाली पक्राउ प्रतिकरात्मक तस्वीर

काठमाडौं। उत्तरी गोवाको कलङ्गुटस्थित एक होटलको कोठामा ३७ वर्षीया रसियन युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना नेपाली युवालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा बर्दियाका २३ वर्षीय सखिल अन्सारी र सोही उमेरका सयुमधिन अन्सारी रहेको उत्तर गोवाका एसपी निधिन वाल्सनले बताएका छन्।

प्रहरीका अनुसार बिहीबार गोवा पुगेकी ती महिला अन्य दुई जनासँग होटलमा बसेकी थिइन्। विभिन्न पर्यटकीय स्थल घुमिसकेपछि उनी बिहीबार साँझ आफ्नो कोठामा फर्किइन्।पीडित मापसे गरेर सुत्न भनि आफ्नो होटेलको कोठामा पुगिन् तर त्यो समयमा उनीसँग आएका अरु दुई जना रूममेटहरूु त्यहाँ थिएनन्,एसपी निधिन वाल्सनले भने।

दुईजना अभियुक्त मध्ये एकजनाले सरसफाइको बहानामा पहिले कोठामा पसेर पीडित युवतीलाई जबर्जस्ती करणी गरेको पीडितले बताइन्।

मदिराको नशामा भएको कारण उनले आफू बलात्कृत भएको कुरा थाहा पाइनन्। पछि अर्को अभियुक्त कोठामा पसेर बलात्कार गर्न खोज्दा उनी मद्दत माग्दै चिच्याइन्, एसपीले भने।

शुक्रबार पक्राउ परेका उनीहरूलाई प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ।