डलरको भाउ ओरालो, कतिमा हुँदै छ कारोबार?

डलरको भाउ ओरालो, कतिमा हुँदै छ कारोबार? File Photo

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर ६ पैसाले ओरालो लागेर एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको को छ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ४९ पैसा रहेको थियो।

युरोपियन युरोमा ६३ पैसाले ओरालो लागेर एकको खरिददर १३८ रुपैया २ पैसा  बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा कायम छ। बुधबार भने युरोपियन युरो एकको खरिददर १३८ रुपैया ४४पैसा  बिक्रीदर १३९ रुपैयाँ ७ पैसामा कारोबार भएको थियो।

अष्ट्रेलियन डलरको खरिदर  ८७ रुपैयाँ ९५ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ३५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ। क्यानेडियन डलर ४३ पैसाले ओरालो लागेर सोको खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा  कायम रहेको छ।

अघिल्लो दिन क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा र बिक्री दर ९७ रुपैयाँ ३४ पैसा रहेको थियो।

सिंगापुर डलर ४५ पैसाले घटेर सोको खरिद दर  ९६  रुपैयाँ ८४ पैसा र बिक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको छ। बुधबार भने सिंगापुर डलरको खरिद दर  ९७  रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ६३ पैसा रहेको थियो।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९ रुपैयाँ ६२ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ २० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।