बेल्जियम कप्तान इडेन हाजार्डको सन्यास

बेल्जियम कप्तान इडेन हाजार्डको सन्यास

काठमाडौं। कतार विश्वकपको समुह चरणबाट बाहिरिएपछि बेल्जियम कप्तान इडेन हाजार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

समूह एफ मा रहेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो। दोस्रो खेलमा मोरोक्कोलाई नतिजा सुम्पिएको थियो। समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेसँगै घर फर्कन बाध्य भएको थियो।

समूह चरणमा तीनवटैै खेल खेले पनि हाजार्डले गोल खाता भने खोल्न सकेनन्। हाजार्डले सन् २००८ मा बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

उनले बेल्जियमबाट एक सय २६ खेलमा ३३ गोल गरेका छन्। बेल्जियमले २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनले प्रभावशाली प्रदर्शन गरेका थिए। सेमिफाइनलमा भने बेल्जियम फ्रान्ससँग निराश भएको थियो।



No ads found for this position