यसकारण राखियो स्टेडियम ९७४ नाम

यसकारण राखियो स्टेडियम ९७४ नाम

दोहा। पहिलो पटक मध्यपूर्वमा आयोजना भएको कतार विश्वकपलाई लिएर अहिले चौतर्फी चासो छ।  विश्वकप आयोजना भइरहेका स्टेडियमप्रति पनि धेरैको चासो छ। प्रतियोगिताका लागि कतारले विगत एक दशकमा सात नयाँ रंगशालाहरू निर्माण गरेको छ र अर्कोलाई मर्मत गरेको छ।

तर, ती सात स्टेडियमहरूमध्येको दोहामा निर्मित स्टेडियम ९७४ अद्वितीय निर्माणका लागि प्रख्यात छ। स्टेडियम रिसाइकल सिपिङ  कन्टेनरबाट निर्माण गरिएको हो।

रंगशाला निर्माण गर्न ९७४ वटा ढुवानी कन्टेनरको प्रयोग भएकोले पनि यस रंगशालाको नाम ’९७४’ राखिएको हो। खाडी देशको अन्तर्राष्ट्रिय डायलिङ कोड पनि ९७४ नै हो।

प्रतियागितापछि स्टेडियम पूर्ण रूपमा भत्काउन र पुनः प्रयोग गर्न सकिने आयोजकले जनाएको छ। सोमबार, फिफा विश्वकपको आधिकारिक ट्विटर पेजले स्टेडियम ९७४ को ३६० डिग्री फुटेज सेयर गर्‍यो । भिडियो सेयर गर्दै फिफाले लेखेको छ, ‘ सिपिङ कन्टेनरबाट निर्मित। स्टेडियम पूर्ण रूपमा भत्काउन र प्रतियागितापछि  पछि पुनः प्रयोग गर्न सकिन्छ।’

आयोजकका अनुसार बन्दरगाहको ढाँचाका रूपमा निर्माण गरिएको सो रंगशालाको सिट क्षमता ४० हजार छ।