फिफा विश्वकप : प्रिक्वाटरफाइनलका अन्तिम खेल आज

काठमाडौं। कतार फिफा विश्वकप अन्तर्गत मंगलबार दुई खेल आयोजना हुँदैछन्।
पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। इजुकेसन सिटी मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।
राति पौने एक बजे पोर्चुगल र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन्। खेल लुसेल मैदानमा हुने तालिका छ। दुई खेलका विजेता सेमिफाइनल प्रवेशका लागि खेल्नेछन्।
यस खेलसँगै प्रिक्वाटरफाइनलका खेल समाप्त हुनेछन्। यसअघि विजयी हुँदै क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड अन्तिम आठमा प्रवेश गरिसकेका छन्।
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर