फिफा विश्वकप : विश्वकपबाट बाहिरियो जापान

फिफा विश्वकप : विश्वकपबाट बाहिरियो जापान

 

काठमाडौँ। जापान एकपछि अर्को गर्दै तीन पेनाल्टी किकमा चुकेपछि कतार विश्वकपको अर्को चरणमा जानबाट रोकिएको छ । क्रोयसियासँगको ३-१ को यो हारसँगै कतार विश्वकपमा उसको यात्रा पनि टुंगिएको छ।

केही समयअघि सम्पन्न प्रिक्वार्टरफाइनलमा जापान पराजित भएको हो।

९० मिनेटसम्म बिना गोल बराबरी भएको खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको थियो तर त्यो अवधिमा पनि दुबै टिमले गोलरहित बराबरी खेले।

यसरी पेनाल्टीमा पुगेको खेलमा जापानका क्याप्टेनसहित दुई खेलाडी गोल गर्नबाट चुके। क्रोयसियाका एक खेलाडीको प्रहारलाई जापानी किपरले रोके पनि जापानको जीतको लागि त्यो पर्याप्त भएन, शान्त्वना मात्र रह्यो।

जापानले १२० मिनेटसम्म जुन बहादुरीसाथ खेल्यो, त्यसको प्रशंसा गर्नुपर्छ तर पेनाल्टीमा जसरी चुक्यो त्यो एक किसिमको विर्सनलायक क्षण भएको छ।

यि दुई टीमबीचको खेलमा क्रोयसिया नै मजबुत टिम थियो तर जापानले १२० मिनेटसम्म जुन बहादुरीसाथ खेल्यो, त्यसबाट उसले अप्रत्यासित नतिजा दिनसक्ने आशा पलाएको थियो।

जापानको यो हारसँगै समग्र एसियालीमा एक किसिमको निराशा छाएको छ।